काठमाडौ । नेपाल राष्ट्र बैंकले सह प्रवक्ताको जिम्मेवारी सुमन नेउपानेलाई दिएको छ । नेउपानेलाई सहप्रवक्ता तथा सुचना अधिकारीको रुपमा आजैबाट (चैत४) जिम्मेवारी दिएको केन्द्रिय बैंकले भनेको छ । नेउपाने २०६४ सालदेखि राष्ट्र बैंकमा कार्यरत छन् । उनी गभर्नर कार्यालयका कामु निर्देशक हुन् ।
यसअघि सहप्रवक्ताको जिम्मेवारीमा डा. डिल्लीराम पोखरेल थिए ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !