काठमाडौं । व्यावसायिक माहोलमा हुर्किएको एउटा ठिटो जसलाई आफैँ पनि उद्यशीतलामा जोडिने रहर हुन्छ । तर के गर्ने, कस्तो उद्यमी बन्ने भन्ने स्पष्ट भिजन नहुँदा उद्यमशीलताको यात्रा अघि बढ्न सक्तैन । यस्तै भएको थियो, वीरगञ्जका रेडम बानियाँलाई पनि ।
बर्षौदेखि बुबाको बिजनेस(व्यापार)मा रेखदेख गर्न सघाएका उनलाई आफैँ पनि केही गर्ने रहर थियो । उनका बुबा ट्रयाक्टरका मेकानिक (मिस्त्री) थिए । बिग्रेको ट्याक्टर बनाउने, पाटपुर्जा बेच्ने भएपछि उनी बुबाकै ग्यारेजमा पढाइबाट छुट्टी हुनेबित्तिकै बिहान बेलुका सघाउन पुग्थे । मध्यम वर्गीय परिवारमा हुर्केका रेडमलाई जागिरे होइन बुबा जस्तै उद्यमी बन्ने हुटहुटी सानै देखि थियो । एक दिन उनले आफ्नो कलेजमा नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) को विषयमा सुने । इन्टरप्रेनरसिप भन्ने वित्तिकै उद्यमीसँगै जोडिने भएपछि त्यसको बारेमा उनले अझ बढी चासो दिए ।
उद्यमी बन्ने लक्ष्य लिएका रिदमको मानसपटलमा सधै अन्यौलता छरपष्ट हुन्थे । कैयौ कोशिस गर्दा पनि अन्यौलता चिर्न सकेका थिएनन् ।उद्यमशीलतामा रुचि राख्ने रिदमलाई उक्त कोर्समा सहभागी हुन मन लाग्यो । उनी भन्छन, ‘पहिलो दिनको क्लास नै निकै रमाइलो र उत्सुकता जगाउने बन्यो । अनि त यो कोर्स मैले लिनैपर्छ नत्र म उद्यमी बन्ने सपना साकार पार्न सक्दिँन भन्ने लाग्यो र, कक्षालाई निरन्तरता दिएँ ।’
मेन्टरले सबैभन्दा पहिला उद्यमशीलताको समस्या पहिचान गर्ने र त्यसको समाधानको बाटो देखाउने भएपछि रेडमलाई उक्त कोर्स ढुंगा खोज्दा देउता मिलेजस्तो भयो ।रेडमले पनि बर्षौंदेखि आफू उद्यमी बन्न चाहेको तर के गर्ने भन्ने भिजन नै नभएको मेन्टरलाई सुनाए । मेन्टरले उनको समस्याको पहिचान गर्दै उद्यमशीतलाको प्रष्ट भिजन दिए । त्यसपछि सुरु भयो रेडम बानियाँको उद्यमशीलताको यात्रा ।
रेडम भन्छन्, ‘व्यवहारिकदेखि सैद्धान्तिक पाटोहरूको बारेमा समेत बुझ्ने र सिक्ने मौका मिल्यो । केही गर्छु भन्नेलाई आइडिया दिने मात्रै भेटियो भने पनि अगाडि बढ्न धेरै हिम्मत आउँदो रहेछ, मेरो त्यही हिम्मत बन्यो नबिल एसएसई ।’ कम्पनी दर्ता गरेर बसेका तर कम्पनी चलाउने ज्ञान नभएकाहरुलाई ज्ञान दिने, उद्यमशीलतामा प्रवेश गरेर पनि सफलता हासिल गर्न नसकेकाहरुलाई सफलताको सुत्र सिकाउने र हालसम्म पनि कुनै काम नगरेका तर उद्यमी बन्न चाहनेहरुको लागि पथप्रदर्शक बनेको छ नबिल एसएसई कोर्स । नबिल बैंकले सामाजिक उद्यमशीलतामा रुचि राख्ने, नवीन सोच भएका तथा उद्यमशीलतामा संलग्न नवउद्यमलाई आवश्यक ज्ञान र मार्गनिर्देशन प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
तीन महिनाको कोर्स लिएका उनले त्यसको तीन महिनापछि आफैँ टाउन टास्कर्स नेपाल नामबाट उद्यमशीलताको यात्रा तय गरे । टाउन टास्कर्स नेपाल एउटा अनलाइन प्लेटफर्म हो । जहाँबाट कसैलाई बारबर, प्लम्बर, एसि सर्भिसिङ, कार्पेन्टर, इलेक्ट्रिसियन, घर पेन्टिङ, ब्युटिसियन लगायतका सेवा चाहिएमा माग अनुसारको कामदार घरमै पठाउने गरिन्छ । उनको उद्यमशीलताका लागि नबिलको आइडिया र कलेजको सहयोग थियो । अहिले उनले घरायसी सम्पूर्ण सेवाको लागि माग अनुसारको कामदार पठाउँछन् । पछिल्लो समय उनको व्यवसायले गति लिएको छ । सँगैका साथीहरु जागिरको चिन्तामा भौँतारिइरहँदा उनी भने ढुक्कले आफ्नो व्यवसाय चलाइरहेका छन् ।
के हो नबिल एसएसई ?
नबिल एसएसई अर्थात् नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप) सामाजिक उद्यमशिलता मार्फत समाजमा परिवर्तन ल्याउने सोच भएका व्यक्तिहरूलाई सहयोग गर्न नबिल बैंकले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गर्दै आइरहेको कार्यक्रम हो । जस अन्र्तगत फेलोसिप र सर्टिफिकेट कोर्स गरि दुई प्रकारको कायक्रम रहेको छ । अहिले बैंकले सातै वटा प्रदेशमा विभिन्न कलेजसँगको सहकार्यमा सर्टिफिकेट कोर्स सञ्चालन गरिरहेको छ ।
मधेस प्रदेशमा वीरगञ्जस्थित वीरगंज पब्लिक कलेजसँगको सहकार्यमा हालसम्म ३ वटा ब्याचले सर्टिफिकेट कोर्स गरिसकेको वीरगञ्ज पब्लिक कलेजका कार्यक्रम संयोजक अरविन्द् श्रेष्ठले बताए ।अहिले चौथो ब्याचले उक्त कोर्स गरिरहेका छन् । चौथो ब्याचमा २८ जना सहभागी छन् । तीनवटा ब्याचमा भने ६७ जनाले उद्यमशीलता विकासका लागि तालिम लिइसकेका छन् । अधिकांश विद्यार्थी उद्यमशीलता तालिमका लागि इच्छुक देखिएका छन् । कतिपय उद्यमशीलतामा हात हालिसकेका तर कसरी सफल बन्ने, कसरी अझै प्रभावकारी रुपले उद्यमलाई अगाडि बढाउने मेसो नपाएकाह रू पनि तालिमबाट लाभान्वित भएका छन् ।
एउटा कोर्स तीन महिनाको हुन्छ । तीन महिनामा पनि हप्ताको एक दिन क्लास हुन्छ । यसो हुँदा तीन महिनामा १४ क्लास हुन्छ । सबै कक्षाहरु बढी प्रयोगात्मक तथा व्यवहारिक हुने भएकाले सबै सहभागीहरूले क्लासमा रोमाञ्चक तरिकाले तालिम लिन सक्छन् । वीरगंन्ज कलेजका श्रेष्ठ पनि पढेर जागिर खाने मानसिकतालाई यस्ता खालका सिकाइले तोड्ने बताउँछन् । नबिलको एसएसई कोर्स आफ्नो कलेजमा गर्न पाउँदा कलेजका विद्यार्थीहरु बढी लाभान्वित भएको श्रेष्ठले सुनाए । कोर्स लिइसकेकाहरू यदी उद्यमी नबनेपनि उद्यमशीलताको सोच राख्नु नै ठुलो उपलब्धि हुने श्रेष्ठको बुझाइ छ ।
उद्यमी जन्माइरहेको नबिल
बैंकहरु नियमित ऋृण प्रवाह र निक्षेप सङ्कलनमा मात्र केन्द्रित हुनु हुँदैन समाजमा दिगो विकासका लागि काम गर्नु पर्छ भन्ने उदाहरण बनेको छ नबिल बैंक । सामाजिक उद्यमशिलता मार्फत समाजमा परिवर्तन ल्याउननबिल एसएसई कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । हालसम्म नबिल एसएसई कार्यक्रमबाट ८२० भन्दा बढी व्यक्तिहरूले उद्यमशीलता सम्बन्धी प्रशिक्षण प्राप्त गरिसकेका छन् । त्यस्तै, ११७ नयाँ उद्यमहरूको स्थापना भएको छ । यस कार्यक्रमबाट १२ सय रोजगारी सिर्जना गर्न सफल भएको बैंकले जानकारी दिएको छ ।
नबिल बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत दीर्घकालिन र दीगो तरिकाबाट केही गर्न खोजिरहेका उद्यमीलाई सहयोग गर्ने उद्देश्यले यस्तो कोर्स शुरु गरेको हो । देशमा निराशा मात्र छाएको बेला आशा जगाउने नबिलको प्रयासले रेडम बानियाँ जस्ता उद्यमीहरू जन्माइरहेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !