काठमाडौँ। साताको पहिलो कारोबार दिन नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २१.६३ विन्दुले बढेर २७१४.८५ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः ०.७९ प्रतिशतले बढेको हो ।
यस दिन नेप्सेका १३ वटा उपसमूहमा व्यापार उपसमूहको परिसूचक मात्र ४ . ९२ प्रतिशतले बढेको छ भने बाँकि १२ उपसमूहका परिसूचक घटेका छन् । आज सर्वाधिक घट्ने उपसमूहमा विकास बैंक उपसमूह रह्यो जसको परिसूचक २.२५ प्रतिशतले घटेको छ।
नेप्से परिसूचक घटेसंगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन आठ अर्ब २३ करोड बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ७९ हजार दुई सय ३६ पटकको कारोबारमा छ अर्ब ८३ करोड बराबरको किनबेच भएको छ । जसमा ३१ कम्पनीका शेयर बढेका छन् भने २०७ कम्पनीका शेयर घटेका छन् । त्यसै गरी छ कम्पनीका शेयर स्थिर रहेका छन् ।
आइतबार सर्वाधिक बढ्ने स्टकमा सामुदायिक लघुवित्त रह्यो जसको शेयर ८.१९ प्रतिशतले बढेको छ । त्यसै गरी सर्वाधिक घट्ने स्टकमा ग्रिन डेभलपमेन्ट बैंक रह्यो जसको शेयर ७.९१ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा सर्वाधिक कारोबार हुनेमा हिमालयन रिइन्स्योरेन्स रह्यो जसको ५८ करोड ६६ लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आज भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा घलेम्दी हाइड्रोपावरको शेयर रह्यो जसको ११ लाख ९३ हजार कित्ता शेयर किनबेच भएको छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !