काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरुले निक्षेप तथा कर्जा दुवैमा सुधार गरेका छन् । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ (एनबीए) को चालु आर्थिक वर्षको फागुनसम्मको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकहरूले ६० खर्ब ३७ अर्ब ४ करोड रूपैयाँ निक्षेप संकलन गरेका छन् भने कर्जा लगानी ४८ खर्ब ५० अर्ब लगानी गरेका छन् ।
वाणिज्य बैंकहरुको निक्षेपको अवस्था
एनबीएको तथ्यांकअनुसार फागुनसम्ममा सबैभन्दा बढी निक्षेप संकलन गर्ने बैंकमा ग्लोबल बैंक आईएमई बैंक रहेको छ । यो बैंकले फागुनसम्म ५ खर्ब ३३ अर्ब रुपैयाँ संकलन गरेको छ । दोस्रो धेरै निक्षेप संकलन गर्ने बैंकमा नबिल बैंक रहेको छ । नबिलले सो अवधिमा ५ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । त्यस्तै, तेस्रोमा नेपाल इन्भेस्टमेन्ट बैंकले ४ खर्ब ५२ अर्ब रुपैयाँ निक्षेप संकलन रूपैयाँ निक्षेप संकलन गरेको छ ।
यस्तै, राष्ट्रिय वाणिज्य बैंकले ४ खर्ब ४७ अर्ब रूपैयाँ, कुमारी बैंक ३ खर्ब ५६ रूपैयाँ, लक्ष्मी सनराइजले ३ खर्ब ५० अर्ब रूपैयाँ निक्षेप संकलन गरेको छ । समिक्षा अवधिमा प्रभु बैंकले ३ खर्ब १२ अर्ब रूपैयाँ, नेपाल बैंकले ३ खर्ब ९ अर्ब रूपैयाँ, हिमालयन बैंकले ३ खर्ब ३ अर्ब रूपैयाँ, एनआईसी एशिया बैंकले २ खर्ब रुपैयाँ ९८ अर्ब रूपैयाँ निक्षेप संकलन गरेका छन् ।यसैगरी एभरेष्ट बैंकले २ खर्ब ६७ अर्ब रूपैयाँ, एनएमबी बैंकले २ खर्ब ६६ अर्ब रूपैयाँ, कृषि विकास बैंकले २ खर्ब ५३ अर्ब रूपैयाँ, प्राइम कमर्सियल बैंकले २ खर्ब ४२ अर्ब रूपैयाँ निक्षेप संकलन गरेका छन् ।
यस्तै, सिद्धार्थ बैंकले २ खर्ब ४६ अर्ब रूपैयाँ, सानिमा बैंकले २ खर्ब १५ अर्ब रूपैयाँ, सिटिजन्स बैंकले २ खर्ब १ अर्ब रूपैयाँ, नेपाल एसबीआई बैंकले १ खर्ब ८१ अर्ब रूपैयाँ माछापुच्छ्रे बैंकले १ खर्ब ६८ अर्ब रूपैयाँ निक्षेप संकलन गरेका छन् । समिक्षा अवधिमा सबैभन्दा कम निक्षेप संकलन गर्ने वाणिज्य बैंकमा स्टान्डर्ड चार्टर्ड बैंक रहेको छ । बैंकले माघमा १ खर्ब २५ रूपैयाँमात्र निक्षेप संकलन गरेको छ ।
कर्जा लगानीको अवस्था
त्यसैगरी नेपाल बैंकर्स एसोसिएसनले दिएको तथ्यांक अनुसार कर्जा लगानीतर्फ फागुनसम्ममा नबिल बैंकले चार खर्ब १४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । इनभेष्टमेन्ट मेगाले ३ खर्ब ५१ अर्ब रुपैयाँ, कुमारीले ३ खर्ब एक अर्ब रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले २ खर्ब ८९ अर्ब रुपैयाँ, लक्ष्मी सनराइजले २ खर्ब ८४ अर्ब रुपैयाँ र एनआइसी एशिया बैंकले २ खर्ब ४९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
त्यसैगरी हिमालयन बैंकले २ खर्ब ५१ अर्ब रुपैयाँ, प्रभु बैंकले २ खर्ब ३४ अर्ब रुपैयाँ, एनएमबीले २ खर्ब ३३ अर्ब रुपैयाँ, नेपाल बैंकले २ खर्ब २५ अर्ब रुपैयाँ, एभरेष्टले २ खर्ब २४ अर्ब, सिद्धार्थ बैंकले २ खर्ब १५ अर्ब रुपैयाँ, र प्राइम कमर्सियल बैंकले २ खर्ब १५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
त्यस्तै कृषि विकास बैंकले २ खर्ब ८ अर्ब रुपैयाँ कर्जा लगानी गर्दा सिटिजन्स बैंक इन्टरनेशनलले एक खर्ब ६९ अर्ब रुपैयाँ, माछापुच्छ्रेले एक खर्ब ४५ अर्ब रुपैयाँ, नेपाल एसबीआईले एक खर्ब ३९ अर्ब रुपैयाँ, सानिमाले एक खर्ब ७९ अर्ब रुपैयाँ र स्टान्डर्ड चार्टर्ड बैंकले ८५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको देखिएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !