काठमाण्डौ । साबिकका प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७८–७९को बोनस दर घोषणा गरिएको छ।
नियामक निकाय नेपाल बीमा प्राधिकरणले मर्ज हुनुअघिका प्रभु लाइफ र महालक्ष्मी लाइफको आर्थिक वर्ष २०७८–७९ को बीमांकीय मूल्यांकन प्रतिवेदन मंगलबार स्वीकृत गरेको थियो। बीमांकीय मूल्यांकन प्रतिवेदन स्वीकृत भएसँगै नयाँ बोनस दर कम्पनीले घोषणा गरेको हो।
साबिक प्रभु लाइफका विभिन्न ९ वटा बीमा योजनाको बोनस दर घोषणा गरिएको छ। जसमा बीमालेखको अवधि न्यूनतम ९ वर्षदेखि अधिकतममा २५ वर्ष माथि रहेको छ। यी बीमा योजनाको बोनस दर प्रतिहजारमा न्यूनतम २० रुपैयाँदेखि अधिकतममा ७० रुपैयाँसम्म निर्धारण गरिएको छ।
यसैगरी साबिक महालक्ष्मी लाइफका विभिन्न ७ वटा बीमा योजनाको बोनस दर घोषणा गरिएको छ। जसमा बीमालेखको अवधि न्यूनतम ५ वर्षदेखि अधिकतममा ३० वर्षसम्मको रहेको छ।
ती बीमा योजनाको बोनस दर प्रतिहजारमा न्यूनतम ३२ रुपैयाँदेखि अधिकतममा ५२ रुपैयाँसम्म निर्धारण गरिएको छ।
प्रभु लाइफ र महालक्ष्मी लाइफको आर्थिक वर्ष २०७८–७९को बोनस दर
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !