यू–१९ एशिया कप अन्तर्गत पहिलो खेलमा नेपालले पाकिस्तानको सामना गर्दै

२०८० मंसिर २२ गते

यू–१९ एशिया कप अन्तर्गत पहिलो खेलमा नेपालले पाकिस्तानको सामना गर्दै

काठमाडौं । एसीसी यू–१९ एशिया कप युएईमा आजदेखि सुरु हुँदैछ। पहिलो खेलमा नेपालले पाकिस्तानको सामना गर्नेछ।

Advertisement:

Ad
Ad

नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुने सो खेल दुबईस्थित आइसिसी एकेडेमी ओभल–२ मा हुनेछ।

नेपालले आईसीसी यू–१९ विश्वकपअघि यू-१९ एशिया कपलाई तयारीको रुपमा लिएको छ।

देव खनालको कप्तानीमा रहेको नेपाली टोलीमा सिनियर टोलीका अलराउण्डर गुल्सन झा पनि समावेश छन्। पाकिस्तानी युवा टोलीको कप्तानी भने साद बेगले गर्नेछन्।

नेपाल र पाकिस्तान रहेको समूहमा भारत र अफगानिस्तान पनि समावेश छन्।