२०८२ चैत २४ गते
काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्ट नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
भट्टले नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश पाएका थिए ।
पूर्व अर्थमन्त्रीका आर्थिक सल्लाहकारको भुमिकामा समेत रहेका थिए । उनी अर्थतन्त्रका ज्ञाता मानिन्छन् ।
प्रतिक्रिया