२०८३ असोज २२ गते
काठमाडौँ । एनएमबि बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । यस बैंकको असोज २१ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई ७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने निर्णय गरेको हो ।
साथै, बैंकले एनएमबि अविमोच्य असञ्चिति अग्राधिकार सेयरका लागि ८.२५ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा पनि गरेको छ ।
सञ्चालक समिति बैठकबाट प्रसवित उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात मात्र लगानीकर्तामा वितरण गरिनेछ ।
प्रतिक्रिया