२०८१ कात्तिक २६ गते
काठमाडौं । यति एयरलाइन्सले भैरहवा–पोखरा उडान भर्ने भएको छ ।भोलि अर्थात् कात्तिक २७ गतेदेखि यतिले भैरहवाबाट नियमित उडान थाल्ने भएको हो ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको संख्या वृद्धि गर्न टेवा पुर्याउने उद्देश्यले भैरहवा–पोखरा प्रत्यक्ष उडान सुरु गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार भैरहवा–पोखराको उडान समय ११ः०५ बजे र पोखरा–भैरहवाको उडान समय ११ः४५ बजे तोकिएको छ । एकतर्फी हवाई भाडा २ हजार ५०० रुपैयाँ तोकिएको छ ।
प्रतिक्रिया