विद्युत प्राधिकरणलाई प्रश्न, झ्याप्प झ्याप्प बत्ति किन गइरहेको छ ?

२०८१ चैत २६ गते

विद्युत प्राधिकरणलाई प्रश्न, झ्याप्प झ्याप्प बत्ति किन गइरहेको छ ?

काठमाडौ । नेपाल विद्युत प्राधिकरणमा नयाँ नेतृत्व आएसँगै सर्वसाधारणले नै महसुस गर्ने गरी झ्याप्प झ्याप्प बिजुली जाने गरेको छ । यसले गर्दा सर्वसाधारणले कुलमानलाई सम्झादै अब फेरी बत्ति जान थाल्यो भन्दै गुनासो गरेको सुनिन थालेको छ ।

नवनियुक्त प्रबन्ध निर्देशक हितेन्द्र देव शाक्यले कार्यभार सम्हाल्दै गर्दा भारतबाट बिजुली आयात गरेर भएपनि लोडसेडिङ अन्त्य गर्ने घोषणा गरेका थिए । उनले औद्योगिक करिडोरमा समेत लोडसेडिङ हुन नदिने प्रतिबद्धता जनाएका थिए । तर उनले कार्यभार सम्हाले यता बत्ति झ्याप्प झ्याप्प जाने समस्या बढ्दो छ । यता प्राधिकरणका प्रवक्ता राजाभाई सिल्पकार भने भारतबाट बत्ति ल्याएर भएपनि बती जाने समस्या हटाउँन खोजिएको बताउँछन् । उनी भन्छन, 'सुख्खा मौसममा हामीलाई अलि समस्या हुने भएकाले भारतबाट अलि बढी विजुली आयात गर्ने गरेका छौ । अहिले पनि रातीको समयमा ५०० देखि ६०० मेगावाट सम्म विद्युत आयात भइरहेको छ । त्यति धेरै बत्ति जान दिएका छैनौ ।'

Advertisement:

Ad
Ad

अहिले पिक डिमाण्ड १९१७ मेगावाट रहेको छ । तर आन्तरिक उत्पादन १००० मेगावाटभन्दा कम छ । यसकारण पनि प्राधिकरणलाई विद्युत यवस्थापनमा समस्या परेको छ । प्राय सुख्खायाममा विद्युत उत्पादन कम हुने गरेको छ ।