विदेशी विनिमय सञ्चिती २६.२ प्रतिशतले बढ्यो, १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने

२०८१ जेठ २८ गते

विदेशी विनिमय सञ्चिती २६.२ प्रतिशतले बढ्यो, १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने

काठमाडौँ । मुलुकको कुल विदेशी विनिमय सञ्चिति गत वर्ष असारको तुलनामा २६.२ प्रतिशतले वृद्धि भई २०८१ बैशाख मसान्तमा रु.१९४२ अर्ब ४० करोड पुगेको छ । २०८० असार मसान्तमा रु.१५३९ अर्ब ३६ करोड जुन अमेरिकी डलरमा यस्तो सञ्चिति ११ अर्ब ७१ करोड रहेकोमा २०८१ बैशाख मसान्तमा २४.२ प्रतिशतले वृद्धि भई १४ अर्ब ५४ करोड पुगेको छ ।

सञ्चिति पर्याप्तता सूचक

Advertisement:

Ad
Ad

आर्थिक वर्ष २०८०/८१ को दश महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.१ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८१ बैशाख मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३४ प्रतिशत, १०५.३ प्रतिशत र २९.२ प्रतिशत रहेका छन्। २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.८ प्रतिशत, ८३.० प्रतिशत र २५.० प्रतिशत रहेका थिए ।