वायू प्रदुषणले खतराको तह पार गरेपछि मानिसहरु धमाधम बिरामी पर्न थाले

२०८१ चैत २१ गते

वायू प्रदुषणले खतराको तह पार गरेपछि मानिसहरु धमाधम बिरामी पर्न थाले

काठमाडौ । केहीदिन देखिको वायूप्रदुषणको कारण काठमाडौ उपत्यका लगायत देशका प्रायजसो ठाउँमा मानव स्वाथ्यमा जोखिम देखिन थालेको छ । विशेष गरी काठमाडौ उपत्यकामा बाक्लो तुँवालोले ढोकेको छ ।

Advertisement:

Ad
Ad

काठमाडौं उपत्यकाको वायु प्रदूषण एक सातादेखि उच्च रहेको छ । आइतबारदेखि निकै अस्वस्थकर भएको काठमाडौंको वायुको गुणस्तर केही स्थानमा खतराको तहमा पुगिसकेको छ । मानिसहरुमा आँखा पोल्ने, टाउँको दुख्ने, नाक पोल्ने तथा स्वाशप्रश्वासको समस्या देखिन थालेको छ भने केहीमा रुघा खोकी लाग्ने छाती दुख्नेजस्ता समस्या देखिन थालेको छ ।

बिहीबार काठमाडौं विश्वको प्रदूषित सहरमध्ये दोस्रो स्थानमा रहे पनि वायुमण्डलमा खैरो धुँवा उडे जस्तो देखिएको छ । हरेक वर्ष सुक्खायाममा समग्र दक्षिण एसिया र विशेष गरी काठमाडौं वायु प्रदूषणबाट ग्रसित हुने गरेको छ । सामयिक सन्दर्भमा पनि काठमाडौं विश्वकै प्रदूषित सहर बनेको छ । काठमाडौं उपत्यकामा तुवाँलो कति घना छ भने एक किलोमिटर आसपासका दृश्य पनि प्रस्टसँग देख्न मुस्किल छ । अझै केही दिन यस्तै अवस्था रहने प्रक्षेपण छ ।