विद्युतीय चुरोट मार्फत सुन तस्करीको आरोप लागेका  कृष्णबहादुर महरा थुनिए

२०८२ असोज २९ गते

विद्युतीय चुरोट मार्फत सुन तस्करीको आरोप लागेका  कृष्णबहादुर महरा थुनिए

काठमाडौं । जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महरालाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ ।  जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले महरालाई थुनामा पठाउने आदेश गरेको हो ।


महरा विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोपमा पक्राउ परेका थिए । मंगलबार क्षेत्रीको इजलासमा बकपत्र भएको थियो । बुधबार बहस सकिएपछि उनलाई थुनामा राख्ने आदेश भएको हो । 
 

Advertisement:

Ad
Ad