वर्ल्ड लिंकको रिट खारेज,सबै रोयल्टी तिर्नुपर्ने

२०८१ वैशाख ३० गते

वर्ल्ड लिंकको रिट खारेज,सबै रोयल्टी तिर्नुपर्ने

काठमाडौं । इन्टरनेट सेवा प्रदायक वर्ल्ड लिंकको रिट खारेज भएको छ । मर्मत संभारको रोयल्टी बापतको रकम बुझाउन नसक्ने भन्दै सर्वोच्च अदालत पुगेको वर्ल्ड लिंकको रिट आइतबार हरि प्रसाद फुँयाल र नहकुल सुवेदीको इजलासले खारेज गरिदिएको हो ।

सर्वोच्चले वर्ल्ड लिंकका सबै रिटलाई खारेज गरेसँगै रोयल्टी तिर्नुपर्ने भएको छ । अदालतको वर्ल्ड लिंकको रिट खारेजसँगै अब इन्टरनेट सेवाप्रदायकले तिर्नेपर्ने मर्मत संभार शुल्कको सबै रोयल्टी तिर्नुपर्ने भएको छ ।

Advertisement:

Ad
Ad

वर्ल्ड लिंकले मुद्दा हारेसँगै अब सरकारले गरेको अध्ययन समितिले १० वर्षमा १० वटा इन्टरनेटले मात्रै साढे २ अर्ब रुपैयाँ रोयल्टी तिर्नुपर्ने भएको छ ।