आयात र निर्यात दुवैमा वृद्धि , व्यापार घाटा २९.६५ प्रतिशतले बढ्यो

२०८३ मंसिर ०९ गते

आयात र निर्यात दुवैमा वृद्धि , व्यापार घाटा २९.६५ प्रतिशतले बढ्यो

काठमाडौँ । आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा वैदेशिक व्यापारको आकारसँगै व्यापार घाटा पनि बढेको छ। अघिल्लो आर्थिक वर्ष २०८२/८३ को सोही अवधिको तुलनामा व्यापार घाटा २९.६५ प्रतिशतले वृद्धि भएको हो।  भन्सार विभागको  तथ्याङ्कअनुसार आव २०८३/८४ को पहिलो चार महिनामा व्यापार घाटा  ६ खर्ब ६८ अर्ब ९५ करोड २९ लाख १० हजार रुपैयाँ भएको छ ।

 

Advertisement:

Ad

 अघिल्लो आव २०८२/८३ को पहिलो चार महिनामा यस्तो घाटा ५ खर्ब १५ अर्ब ९५ करोड ५४ लाख ५६ हजार रुपैयाँ थियो ।    पहिलो चार महिनामा आयात ३१.७७ प्रतिशतले बढेर ८ खर्ब ३ अर्ब ९ करोड रुपैयाँ पुगेको छ ।  यस्तै  निर्यात ४३.४८ प्रतिशत ले बढेर  १ खर्ब ३४ अर्ब १४ करोड ५८ लाख २२ हजार रुपैयाँ पुगेको छ । आयात र निर्यातमा आएको वृद्धिसँगै कुल वैदेशिक व्यापार पनि ३३.३३ प्रतिशतले बढेको हो ।