उत्कृष्ट करदाताको रुपमा 'द क्लिफ' सम्मानित

२०८० मंसिर २४ गते

उत्कृष्ट करदाताको रुपमा 'द क्लिफ' सम्मानित

कुष्मा, पर्वत ।द क्लिफ नेपाललाई आन्तरिक राजश्व कार्यालय, बाग्लुङले  सम्मान गरेको छ ।

पर्वत जिल्लामा दर्ता रहेका करदाताहरू मध्ये सेवा र उद्योग अन्तर्गत सबैभन्दा बढी आयकर दाखिला गरेकाले राष्ट्रिय कर दिवस-२०८०को अवसरमा कार्यालयले सम्मान गरेको हो ।कार्यालयका प्रमुख कर अधिकृत शालिकराम आचार्यले क्लिफका अध्यक्ष राजु कार्कीलाई कर दिवस-२०८० का सन्दर्भमा आयोजित कार्यक्रममा सम्मानपत्र हस्तान्तरण गरेका हुन् ।

Advertisement:

Ad
Ad

राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथी पर्वत र बाग्लुङ बलेवा जोड्ने गरि बनाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बन्जी जम्प सञ्चालन हुँदै आएको छ ।

बन्जी र स्विङसँगै क्लिफमा रिसोर्ट, विश्वकै अग्लो ब्यवसायिक स्काइ साइक्लिङ, स्काइ क्याफे, वाल क्लाइम्बिङ, गुलेली पिङ, क्रेजी ब्रीज, स्काइ ग्लाइडिङ, स्काइ क्याफे लगायत गतिविधि सञ्चालनमा छन् ।