२०८२ असोज ३० गते
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले ५ महिनामा सुधार गरिने कार्ययोजना तयार गरेर कार्यानन्वयनमा ल्याएका छन् । मन्त्रालयबाट प्रवाह हुने सेवालाई सहज, सरल, प्रविधि र सेवाग्राही बनाउन ३९ बुँदे ‘तत्काल सुधार कार्ययोजना २०८२’ कार्यान्वयनमा ल्याएका हुन्।
उद्योग क्षेत्रसँग सम्बन्धित २०, वाणिज्य क्षेत्रसँग सम्बन्धित ८ र आपूर्ति क्षेत्रसँग सम्बन्धित ११ वटा गरी कूल ३९ वटा सुधारका योजना समेटेर तत्काल सुधार कार्ययोजना २०८२’ ल्याएका हुन् । उद्योगतर्फ व्यवसायिक सुशासन प्रवद्र्धनका लागि नीतिगत तथा कानूनी सहजीकरण गर्ने योजना छ । यसका लागि औद्योगिक तथा व्यवसायिक वातावरण सुधार गरी लगानी प्रवद्र्धन गर्न कम्पनी विद्येयक २०८२ को मस्यौंता तयार गर्ने कार्ययोजनामामा भनिएको छ ।
स्टार्टअप कर्जा प्रवाह सहजीकरण योजनातर्फ स्टार्टअप उद्यमीहरुलाई बिनाधितो ३ प्रतिशत ब्याज दरमा कर्जा प्रवाहका लागि उद्यमीहरुको प्रस्ताव आगामी पुस महिनाभित्रमा आह्वान गरी संक्षिप्त सूची प्रकाशित गरिने कार्ययोजनामा उल्लेख छ ।कम्पनी दर्ता तथा खारेजी प्रक्रियामा सरलीकरण र प्रभावकारी बनाउँने, कम्पनीका पुराना अभिलेख डिजिटलाइजेसन बनाउँने, बिशेष आर्थिक क्षेत्रको भुबहाल कर प्रतिवर्गमिटर, प्रतिमहिना २० रुपैयाँबाट ५ रुपैयाँमा झार्ने, बंगलादेशसँग व्यापार सम्झौताका लागि संवाद गर्ने, भारत सरकारसँग पठाइएको लेटर अफ एक्सचेन्जलाई टुंगोमा पुर्याउँन पहल गर्ने योजना मन्त्री सिन्हाको छ ।
उत्पादन तथा उत्पादकत्व अभिवृद्धि योजनातर्फ एपीओको सहयोगमा नेपाल उत्पादकत्व गुरुयोजना तयार गर्ने भनिएको छ । त्यस्तै विदेशी लगानी स्वीकृति सहजीकरण योजनातर्फ सबै प्रकारको विदेशी लगानी स्वीकृतिका लागि ‘अटोमेटेड रुट’ प्रयोग सम्बन्धी नेपाल राजपत्रमा सूचना प्रकाशन गरिने उल्लेख छ ।
पारदर्शितातर्फ कम्पनीले अनिवार्य रुपमा प्रकाशन गर्नुपर्ने विवरणहरु कार्यालय र विभागको वेबसाइटमा अनिवार्य रुपमा सार्वजनिक गर्नुपर्ने व्यवस्था मिलाइएको छ ।
बास्तविक धनीको सूचना सूचक संस्थालाई पहुँच योजनातर्फ कम्पनी, उद्योग, व्यवसाय सम्बद्ध बास्तविक धनीको विवरण संकलन र अभिलेख कायम गर्ने र त्यसको जानकारी सूचक संस्थामा पठाउने योजना कार्यान्वयनमा आएको छ ।
्
प्रतिक्रिया