उपप्रधानमन्त्री उपेन्द्र यादवद्वारा राजीनामा, सरकारबाट बाहिरियो जसपा नेपाल

२०८१ वैशाख ३१ गते

उपप्रधानमन्त्री उपेन्द्र यादवद्वारा राजीनामा, सरकारबाट बाहिरियो जसपा नेपाल

काठमाडौँ। उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । यादवले आज विहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राजीनामा बुझाएका हुन् ।

“आज विहान प्रधानमन्त्री दाहालसमक्ष राजीनामा बुझाएको छु, वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएकाले जिम्मेवारीबाट राजीनामा दिन चाहन्छु”, उनले भने । उनले आजका दिनसम्म सरकारमा रहेर सहकार्य गर्ने अवसर दिएकोमा प्रधानमन्त्रीलाई धन्यवाद समेत दिएका छन् ।

Advertisement:

Ad
Ad

पार्टीको कार्यकारिणी समितिको आजै बस्न लागेको बैठक अगाडि नै उनले राजीनामा पत्र बुझाएका हुन्। उनीसँगै वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिएका छन्। अघिल्लो साता जसपा नेपाल विभाजनसँगै बनेको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी भने अहिले प्रचण्ड सरकारमै छ।

facebook sharing button