२०८० माघ २० गते
शनिबार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्दले राजीनामा दिएका छन् ।
उनले आफ्नो व्यक्तिगत कारण देखाउँदै शुक्रवार राजीनामा दिएको बताएका छन् । चन्दले १३ वैशाखमा विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी पाएका थिए । यही माघ १२ गते त्रिभुवन विमानस्थलमा प्रहरी र अध्यागमनका अधिकृतबीच कुटाकुट भएको थियो । घटनाको छानबिन गर्न सरकारले सहसचिव थानेश्वर गौतमको नेतृत्वमा समिति गठन गरेको थियो ।
उक्त समितिले गत बुधवार गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनमा दुई जना प्रहरी जवानलाई विभागीय कारबाही गर्न सिफारिश गरिएको छ ।
यसैगरी समितिले एक जना असईलाई निलम्बनका साथै विमानस्थल अध्यागमन कार्यालयका अधिकृत छायालाल मोक्तानलाई विभागीय कारबाही गर्न सिफारिश गरेको छ ।
प्रतिक्रिया