ट्राफिक प्रहरीले चेकिङ्गको क्रममा सवारीसाधनको चाबी थुत्न नपाउने

२०८१ माघ १० गते

ट्राफिक प्रहरीले चेकिङ्गको क्रममा सवारीसाधनको चाबी थुत्न नपाउने

काठमाडौँ। आजबाट ट्राफिक प्रहरीले चेकिङ्गको क्रममा सवारीसाधनको चाबी थुत्न नपाउने भएका छन् । पाटन उच्च अदालतले चाबी निकाल्न नपाइने निर्देशनात्मक आदेश ट्राफिक प्रहरीलाई दिएको छ ।

सवारी जाँचका क्रममा ट्राफिक प्रहरीले कानुनविपरीत जथाभाबी चाबी थुत्ने र सर्वसाधारणलाई दुःख दिने गरेको पाइएपछि परेको निवेदनका आधारमा पाटन उच्च अदालतका न्यायाधीश चन्द्रमणि ज्ञवाली र कविप्रसाद न्यौपाने इजलासले यस्तो निर्देशनात्मक आदेश दिएको हो ।

Advertisement:

Ad
Ad

विवेक चौधरीले कात्तिक २१ गते पाटन उच्च अदालतमा ट्राफिक प्रहरीले सवारी चालकको चाबी खोस्ने कार्यविरुद्ध रिट दायर गरेका थिए ।