२०८१ जेठ ०३ गते
काठमाडौं । ठमेल प्लाजा होटल एण्ड सुइटस् लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पािरतका लागि जेठ १९ गते विशेष साधारण सभा बोलाएको छ ।
जेठ १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको कार्यालय, ठमेल ,काठमाडौंमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो । आईपीओ निष्काससँगै हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । आईपीओ र हकप्रद निष्कासनको लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि जेठ १५ गतेदेखि जेठ १९ गतेसम्म बुक क्लोज गर्ने तयारी कम्पनीले गरेको छ ।
बुक क्लोजको आधारमा जेठ १४ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्ने सक्नेछन् ।
प्रतिक्रिया