रातभरको सरसफाइपछि तोडफोडमा परेको कोटेश्वरको भाटभटेनी सुपरमार्केट सञ्चालनमा

२०८१ चैत १६ गते

रातभरको सरसफाइपछि तोडफोडमा परेको कोटेश्वरको भाटभटेनी सुपरमार्केट सञ्चालनमा

काठमाडौं । राजावादी प्रदर्शनकारीले तोडफोड गरेको कोटेश्वरमा रहेको भाटभटेनी सुपरमार्केट सञ्चालनमा आएको छ । तोडफोड लुटपाटपछि अस्तव्यस्त बनेको कोटेश्वरस्थित भाटभटेनी रातभरको सरसफाइपछि बिहानदेखि नियमित सञ्चालनमा आएको हो ।उनका अनुसार क्षतिको मूल्यांकन र फुटेका सिसा केही दिनभित्रै पुनःनिर्माण गरिनेछ ।

तीनकुनेमा भएको प्रदर्शनका क्रममा केही उच्छृङ्खल समूहले कोटेश्वरस्थित भाटभटेनीमा प्रवेश गरेर सामग्री लुटपाट गरेको थियो । सो समूह एक्कासि भवनभित्र प्रवेश गरेर मोबाइल, घडी, बियर, महंगा ब्रान्डका रक्सी, कपडा, फलफुल, जुसलगायतका सयौँ वस्तु लुटपाट गरेको थियो ।

Advertisement:

Ad
Ad