भाटभटेनीमा लुटपाट गर्नेलाई लखेट्ने सुरक्षा गार्डलाई ५ लाख नगद र पाँच ग्रेड बढुवाको सम्मान

२०८१ चैत २० गते

भाटभटेनीमा लुटपाट गर्नेलाई लखेट्ने सुरक्षा गार्डलाई ५ लाख नगद र पाँच ग्रेड बढुवाको सम्मान

काठमाडौं । भाटभटेनी सुपरमार्केटमा लुटपाट मच्चाउनेहरुलाई ज्यान जोखिममा राखेर लखेटेका सुरक्षा गार्डलाई सुपरमार्केटले ५ लाख नगद राशीले पुरस्कृत गरेको छ ।

गत शुक्रबार राजावादीहरुको आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केटले गत चैत १५ गतेको घटनामा बहादुरी देखाउने सुरक्षा गार्ड दुलप्रसाद पराजुलीलाई पुरस्कृत गरेको हो ।

Advertisement:

Ad
Ad

उनलाई सुपरमार्केटले आज बुधबार एक कार्यक्रमबीच ५ लाख १ हजार १११ नगद रुपैयाँ पुरस्कार र पाँच ग्रेड बढुवाको सम्मान प्रदान गरिएको भाटभटेनीले जनाएको छ ।