श्वेत–गंगा हाइड्रोपावरले दियो साढे ३८ लाख कित्ता शेयर कारोबारका लागि विदेशी लगानीकर्तालाई अुनमति

२०८० चैत २२ गते

श्वेत–गंगा हाइड्रोपावरले दियो साढे ३८ लाख कित्ता शेयर कारोबारका लागि विदेशी लगानीकर्तालाई अुनमति

काठमाडौं । श्वेत –गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले संस्थापक शेयरधनी विदेशी लगानीकर्ता डोल्मा इम्प्याक्ट फण्ड १, को नाममा रहेको ३८ लाख ५१ हजार कित्ता शेयर कारोबार गर्न स्वीकृति प्रदान गरेको छ । उक्त शेयरको लकइन गत फागुन २ गतेबाट सकिएकाले धितोपत्र सम्बन्धी कानुन व्यवस्था अनुसार यी शेयर खरीदविक्रीका लागि उद्योग विभाग अन्तर्गतको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाबाट सैद्धान्तिक सहमति प्राप्त गर्नका लागि कम्पनीको तर्फबाट पनि सहमति प्रदान गर्नुपर्ने व्यवस्था बमोजिम स्वीकृति प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीको संस्थापक शेयरधनीको रुपमा रहेको डोल्मा इम्प्याक्ट फण्ड १, को स्वामित्वमा रहेको उक्त शेयर खरीद विक्री वा हस्तान्तरण वा लेनदेखन गर्न नसक्ने गरी एक वर्षसम्म रोक्का रहेको थियो । एक वर्षसम्म रोक्का रहने व्यवस्था बमोजिम रोक्का रहेको उक्त शेयरको लइकन फागुन २ सकिएको जानकारी कम्पनीले दिएको छ ।

Advertisement:

Ad
Ad