आन्दोलनको संकेतबीच सरकार सतर्क, प्रधानमन्त्रीको सुरक्षा समीक्षा बैठक

२०८२ कात्तिक ०८ गते

आन्दोलनको संकेतबीच सरकार सतर्क, प्रधानमन्त्रीको सुरक्षा समीक्षा बैठक

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले गृहमन्त्री, गृहसचिव र चारैवटै सुरक्षा निकायका प्रमुखहरूसँग बालुवाटारमा सुरक्षा परिस्थितिबारे उच्चस्तरीय बैठक गरेकी छन्।

प्रधानमन्त्री कार्कीको अध्यक्षतामा बसेको उक्त बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाका प्रमुखहरू सहभागी थिए।

Advertisement:

Ad
Ad

करिब दुई घण्टा लामो बैठकमा देशभरको हालको सुरक्षा अवस्थामाथि विस्तृत समीक्षा गरिएको थियो। सहभागी सुरक्षा निकायका प्रमुखहरूले सम्भावित जोखिम, प्रदर्शनका गतिविधि र तिनका समाधान उपायहरूबारे आ–आफ्ना मूल्याङ्कनहरू प्रस्तुत गरेका थिए।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले भने, “सुरक्षा अवस्थाबारे सूक्ष्म विश्लेषण गरिएको छ। विभिन्न समूहहरूले प्रदर्शनको तयारी गरिरहेको जानकारी प्राप्त भएको छ। राजनीतिक मागहरू जिम्मेवार ढंगले राख्न सबै स्वतन्त्र छन्, र सरकार संवादका लागि सधैं खुला छ।”

उनले वर्तमान संवेदनशील अवस्थालाई मध्यनजर गर्दै सबै पक्षलाई संयम र जिम्मेवारीका साथ आचरण गर्न आग्रह गरेकी छिन्।