सुनको मूल्य तोलामा १७ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

२०८१ पुस ०४ गते

सुनको मूल्य तोलामा १७ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ। स्थानीय बजारमा सुनको मूल्यमा भारी गिरावट आवको छ । आज सुनको मूल्य प्रतितोला १७ सय  रुपैयाँले घटेको छ भने चाँदी तोलामा ५५ रुपैयाँले घटेको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement:

Ad
Ad

हिजो छापावाल सुन प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले घटेर प्रतितोला एक हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ । हिजोको चाँदी प्रतितोला एक हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो ।