२०८१ चैत २७ गते
काठमाडौँ। स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ। विगत चार दिन लगातार घटेको सुनको मूल्य आज भने उकालो लागेको छ ।
अघिल्लो कारोबार दिन प्रतितोला ४ सय घटेको सुन आज १ हजार बढेको छ ।
बुधबार लागि भाउ प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँ निर्धारण गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन १ लाख ७४ हजार ४ सय रुपैयाँ थियो ।
चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८३० मा कारोबार भएको चाँदी आज १८३५ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया