सुनको मूल्य ह्वात्तै बढेर बनायो नयाँ रेकर्ड, कतिमा हुँदै छ कारोबार ?

२०८१ असार २८ गते

सुनको मूल्य ह्वात्तै बढेर बनायो नयाँ रेकर्ड, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ।  सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेकाे छ । यसदिन सुनकाे मूल्य एक हजार ८०० रुपैयाँले बढेर नयाँ उचाईमा पुगेकाे हो ।

Advertisement:

Ad
Ad
यस दिन एक लाख ४६ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुन चाँदी महासंघले जानेको छ । त्यसैगरी तेजावी सुन प्रतितोला एक लाख ४६ हजार रुपैयाँमा खरिदबिक्री भईरहेको छ । यस भन्दा पहिले असार २३ गते सुन एक लाख ४५ हजार ४०० रुपैयाँको उचाईमा थियो ।

बिहीबार छापावाला सुन प्रतितोला एक लाख ४४ हजार ९०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४४ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

महासंघका अनुसार यस दिन चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । आजको बजारमा चाँदी प्रतितोला एक हजार ९०० रुपैयाँमा खरिदबिक्री भईरहेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला एक हजार ८८५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।