सुनको भाउमा सामान्य वृद्धि, कतिमा हुँदै छ कारोबार ?

२०८१ साउन ०७ गते

सुनको भाउमा सामान्य वृद्धि, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ। सोमबार स्थानीय बजारमा सुनको भाउ सामान्य बढेको छ भने चाँदीको भाउ घटेको छ।

Advertisement:

Ad
Ad

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार सोमबार सुन तोलामा १०० रुपैयाँले बढेको छ भने चाँदीको भाउ ताेलामा २० रुपैयाँले घटेको छ।

सोमबार छापावाला सुन प्रतितोला १ लाख ४६ हजार ३०० र तेजाबी सुन प्रतितोला १ लाख ४५ हजार ६०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

आइतबार छापावाला सुन प्रतितोला १ लाख ४६ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यता चाँदीको भाउ भने झनै घटेको छ। सोमबार चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार ७९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।