सुनको मुल्य ह्वात्तै घट्यो, कतिमा हुँदै छ कारोबार ?

२०८१ साउन ०४ गते

सुनको मुल्य ह्वात्तै घट्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ।  आज स्थानीय बजारमा सुनको मूल्यमा भारि गिरावट भएको छ । यस दिन सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले घटेको हो ।

Advertisement:

Ad
Ad

यस दिन छापावाला सुन प्रतितोला एक लाख ४७ हजार ५०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ४९ हजार ५०० रुपैयाँमा र तेजावी सुन प्रतितोला एक लाख ४८ हजार ८०० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

महासंघका अनुसार यस दिन चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको छ । आजको बजारमा चाँदी प्रतितोला एक हजार ८३० रुपैयाँमा किनबेच भइरहेको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला एक हजार ८६० रुपैयाँमा किनबेच भएको थियो ।