सुनको मूल्य घट्यो, कति छ आजको मूल्य?

२०८१ चैत ११ गते

सुनको मूल्य घट्यो, कति छ आजको मूल्य?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेको हो ।

महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७३ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार छापावाल सुन तोलामा १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको थियो ।

Advertisement:

Ad
Ad

यस्तै चाँदीको मूल्य भने आज स्थिर रहेको छ ।  आइतबार तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्यमा कारोवार भैइरहेको छ ।