सुनको मूल्य चार सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

२०८१ पुस १२ गते

सुनको मूल्य चार सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ।  स्थानीय बजारमा सुनको मूल्य वृद्धि भएको छ । शुक्रबार सुनको मूल्य ४०० रुपैयाँ बढेको हो ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो छापावाल सुन प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँमा किन बेच भएको थियो ।

Advertisement:

Ad
Ad

यस दिन चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।