सुनको भाउ २ हजार रुपैयाँले बढ्यो, कति पुग्यो मूल्य ?

२०८१ मंसिर २६ गते

सुनको भाउ २ हजार रुपैयाँले बढ्यो, कति पुग्यो मूल्य ?

काठमाडौ । बुधबार सुनको भाउ २ हजार रुपैयाँ प्रतितोलाका दरले बढेको छ । पछिल्लो ३ दिनयता सुनका भाउ लगातार बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोल २ हजार रुपैयाँले बढेर १ लाख ५४ हजार २०० रुपैयाँ कायम भएको छ । यही मूल्यमा टेकेर कारोबार भइरहेको छ ।

यसअघि मंगलबार पनि सुनको भाउ २१ सय रुपैयाँले बढेको थियो । बुधबार चाँदीको भाउ भने बढेको छैन । बुधबार चाँदीको भाउ तोलाको १ हजार सय २५ रुपैयाँ कायम भएको छ ।

Advertisement:

Ad
Ad