२०८१ असार ०१ गते
काठमाडौँ। सोमबार सार्वजनिक बिदा हुने भएकाे छ । सरकारले असार ३ गते, इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद (उल–अजहा)का अवसरमा बिदा दिने भएकाे हाे । गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै साे दिन विदा दिने निर्णय गरेकाे जानकारी दिएकाे हाे ।
याे सँगै साेमबार सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था बन्द हुने भएकाे छ । सार्वजनिक विदाका कारण साेमबार शेयर बजार नखुल्ने भएकाे हाे ।
प्रतिक्रिया