स्काइवाक टावरको टिकट खरिदमा प्रभु बैंकका ग्राहकलाई विशेष छुट

२०८१ वैशाख ०४ गते

स्काइवाक टावरको टिकट खरिदमा प्रभु बैंकका ग्राहकलाई विशेष छुट

काठमाडौँ । प्रभु बैंक लिमिटेड र वन्डर्स नेपाल प्रालिबीच छुट सम्झौता भएको छ । समझदारी पत्रमा बैंकका प्रमुख मार्केटिङ्ग अफिसर रवीन्द्र ढकाल र वन्डर्स नेपाल ९स्काइवाक०का कार्यकारी निर्देशक पदमप्रसाद न्यौपानेले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार बैंकका ग्राहक तथा कर्मचारीहरूले कमलादीस्थित वन्डर्स नेपालको स्वामित्वमा रहेको स्काइवाक टावरको टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन् । यो सुविधा आगामी दुई वर्षसम्म कायम रहने बैंकले जनाएको छ ।

Advertisement:

Ad
Ad

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरूले टिकट खरिद गर्दा प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्डमध्ये कुनै एक पेश गर्नुपर्ने छ ।

बैंकले यस किसिमका छुट तथा सुविधाहरू देशभरका विभिन्न अस्पताल, रेष्टुरेन्ट, होटल, पार्लर, डिपार्टमेन्टल स्टोरहरूलगायत अन्य व्यापारिक इकाइहरूमा समेत ​उपलब्ध गराउँदै आएको छ ।​

स्काइवाक टावर कुल ७८ दशमलव पाँच मिटर अग्लो छ । यस टावरबाट उपत्यकाको तीनसय ६० डिग्रीमा दृश्यावलोकन गरि मनोरञ्जन लिन सकिन्छ ।

प्रभु बैंकले नेपालभर ३०२ शाखा कार्यालयहरू, २८५ एटीएम साथै ७० एक्स्टेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरूलाई ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय बैंकिङ्ग तथा वित्तीय सेवा प्रवाह गर्दै आएको छ ।