२०८१ साउन २७ गते
काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले भदौ १७ गते १८औं वार्षिक साधारण सभा बोलाएको छ । साउन १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले एटिक मिटिङ हल, ज्ञानेश्वर, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । गत वर्षको मुनाफाबाट कम्पनीले कर समेत १५ दशमलव ५० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पनि गरेको छ । हाल कायम चुक्तापूँजीका आधारमा ३ करोड १० लाख रूपैयाँ बराबर नगद लाभांश यस वर्ष कम्पनीले वितरण गर्न लागेको हो ।
साथै सञ्चालकहरूको भत्ता बृद्धि गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ । साधारण सभा प्रयोजका लागि कम्पनीले भदौ ६ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा भदौ ५ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया