सेयरमा चलखेल गरेको आरोपमा गुरुप्रसाद न्यौपानेलाई एक वर्ष कैद र ३ करोड जरिवाना

२०८१ वैशाख ०३ गते

सेयरमा चलखेल गरेको आरोपमा गुरुप्रसाद न्यौपानेलाई एक वर्ष कैद र ३ करोड जरिवाना

काठमाडौं । विशेष अदालतले रिडी पावर कम्पनीका पूर्वअध्यक्ष गुरुप्रसाद न्यौपानेलाई सेयरको भित्री कारोबार गरेर सम्पत्ति शुद्धीकरण गरेको भन्दै एक वर्ष कैद र ३ करोड ९८ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ ।

विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर, सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले आज आइतबार न्यौपानेलाई १ वर्ष कैदसहित ३ करोड ९८ लाख रुपैयाँ जरिवाना सुनाएको हो ।सेयरको भित्री कारोबार ९इनसाइड ट्रेडिङ० गरेर गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै न्यौपानेलाई विशेष अदालतले २०८० चैत ७ गते दोषी ठहर गरेको थियो । उक्त सजायको दोषी आज सार्वजिनक गरेको छ ।

Advertisement:

Ad
Ad

कम्पनीको भित्री सूचनाका आधारमा सेयर खरिद बिक्री गरी गैरकानुनी लाभ लिएको आरोपमा विभागले निजी क्षेत्रका ऊर्जा उत्पादक न्यौपानेविरुद्ध एक करोड ९९ लाख रुपैयाँ बिगो माग दाबी गर्दै गत कात्तिक २ गते मुद्दा दायर गरेको थियो ।

न्यौपानेले सम्पत्ति शुद्धीकरण ९मनी लाउन्डरिङ० निवारण ऐन २०६४ विपरीत कार्य गरेको भन्दै मुद्दा दर्ता गरिएको थियो । सेयरको भित्री कारोबारसम्बन्धमा विभागले दायर गरेको यो पहिलो मुद्दा हो।

न्यौपानेले १ करोड ९९ लाख १० हजार २ सय ५२ रुपैयाँ जानीजानी प्राप्ति गरेको भन्दै सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ मा तोकिएको निषेधित कार्य गरेको पाएपछि उल्लिखित रकम बराबर बिगो कायम गरी ऐनको दफा ३० को उपदफा १ बमोजिम बिगोको दोब्बर जरिवाना, कसुरको मात्रा अनुसार कैद सजायको माग सुद्धीकरणले गरेको थियो ।