शेयर बजारमा लगातार तेस्रो दिन दोहोरो अंकको सुधार

२०८० माघ १६ गते

शेयर बजारमा लगातार तेस्रो दिन दोहोरो अंकको सुधार

काठमाडौँ   शेयर बजारमा लगातार तेस्रो दिन दोहोरो अंकको सुधार भएको छ । मंगलबार नेप्से परिसूचक १४.८८ अंकले बढेर २११९.६१ अंकमा बजार बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.७० प्रतिशतले बढ्न पुगेको हो ।

बजारमा आज कारोबार रकम बढेर ५.५४ अर्व रुपैयाँ बढीको कारोबार भएको छ । जसमा १५२ कम्पनी बढेका छन् भने ८५ कम्पनी घटेका छन् । यसैगरी १० वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । शेयर बजार बढेसँगै चन्द्रागिरी हिल्स, रावा इनर्जी र समाज लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी, यस दिन मिड सोलु हाइड्रोपावरको शेयरमूल्य भने सर्वाधिक ८.३५ प्रतिशत घटेको छ ।

Advertisement:

Ad
Ad

आज सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा हिमालयन रिइन्सुरेन्स रह्यो भने सर्वाधिक शेयर कारोबार हुने कम्पनीमा पनि हिमालयन रिइन्सुरेन्सनै रह्यो ।

१३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक ३.५६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन, जलविद्युत र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको बैंकिङ्ग, वित्त, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन घटेको हो।