नेप्सेमा झिनो अङ्कको गिरावटसँगै कारोबार रकम पनि घट्यो

२०८३ जेठ ०४ गते

नेप्सेमा झिनो अङ्कको गिरावटसँगै कारोबार रकम पनि घट्यो

काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक सामान्य गिरावटसहित बन्द भएको छ । अघिल्लो कारोबार दिन शुक्रबार सामान्य सुधार देखिएको बजार यस दिन भने दबाबमा परेको हो । सोमबार नेप्से परिसूचक १.०३ अंकले घटेर २७३०.९१ विन्दुमा कायम भएको छ । यद्यपि, सेन्सेटिभ इण्डेक्स ०.५० अंकले बढ्दा फ्लोट इण्डेक्स ०.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१८ अंकले उकालो लागेको छ ।

 

Advertisement:

Ad
Ad

यस दिन कारोबार रकममा पनि कमी आएको छ । शुक्रबार ३ अर्ब ९ करोड ७९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा सोमबार ३३९ वटा स्टकको ४३ हजार ३०९ पटक कारोबार हुँदा कुल २ अर्ब ४५ करोड ८ लाख ७८ हजार रुपैयाँबराबरको ५८ लाख २८ हजार कित्ता शेयर किनबेच भएको छ । कारोबारमा इंगवा हाइड्रोपावर सर्वाधिक कमाउने कम्पनी बनेको छ । कम्पनीको शेयरमूल्य ८.४२ प्रतिशतले बढेको छ । त्यस्तै, बुंगल हाइड्रोको शेयरमूल्य करिब ६.५ प्रतिशतले उकालो लागेको छ । अन्य अधिकांश कम्पनीको मूल्यवृद्धि भने साढे ३ प्रतिशतभन्दा कममा सीमित रहेको छ ।

 

यस दिन कारोबार रकमका आधारमा साहस उर्जा अग्रस्थानमा रहेको छ । कम्पनीको ८ करोड ४३ लाख ८९ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ । रिलायन्स स्पिनिङ्ग मिल्सको करिब साढे ७ करोड रुपैयाँ बराबरको शेयर कारोबार हुँदा एसवाई प्यानल नेपालको कारोबार रकम पनि ७ करोड रुपैयाँ नाघेको छ । उपसमूहतर्फ १३ मध्ये पाँच उपसमूह हरियालीमा बन्द भएका छन् भने आठ उपसमूह ओरालो लागेका छन् । बैंकिङ्ग, विकास बैंक, जलविद्युत, लगानी र अन्य उपसमूहमा सामान्य वृद्धि देखिएको छ । यता वित्त, होटल तथा पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसमूहमा सामान्य गिरावट देखिएको छ ।