२०८३ जेठ ०४ गते
जनकपुर । धनुषाको धनुषाधाम नगरपालिका वडा नं.८ बाट ठूलो परिमाणमा लागु औषधसहित एक जना युवक पक्राउ परेको छ ।
आईतबार (हिजो) बेलुका जिल्ला प्रहरी कार्यालय धनुषा ढल्केवर र लागुऔषध ब्यूरो शाखा कार्यालय वर्दिवास महोत्तरीबाट खटिएको संयुक्तटोलीले छापा मारेर विभिन्न लागुऔषधसहित धनुषाको गणेशमान चारनाथ नगरपालिका १का ३४ वर्षिय सन्तोष कुमार विश्वकर्मालाई पक्राउ गरेको धनुषा प्रहरीले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
विशेष सूचनाको आधारमा खटिएको संयुक्त प्रहरी टोलीले धनुषाधामस्थित समिक्षा हेल्थ केयर प्रा.लिमा खानतलासी गरेको थियो । सो क्रममा उक्त हेल्थ केयर प्रा.लि सञ्चालित घरको भुई तलाको पछाडि तर्फको कोठाभीत्र लुकाई छिपाई कार्टुन र प्लास्टिकको पोकामा राखिएको अवस्थामा ठूलो परिमाणमा लागुऔषधहरु फेला परेको धनुषा प्रहरीले जनाएको छ ।
बरामद गरिएको लागुऔषधहरुमा TAPENTADOL tablets 50mg को १७० पत्तामा १७०० पिस, स्पासरेस्ट tablets100mg को १५९ पत्तामा १५९०, TAPENTADOL tablets 100 mg को १२० पत्तामा १२००पिस, TRAMADOL tablets 50mg को १० पत्तामा १०० पिस , TRAMADOL anatram tablets ३ पत्तामा २९ पिस, ANTIKOF tablets ५० पत्तामा ५०० पिस, SPASPAIN tablets ५० पत्तामा ५०० पिस , Spasmo tablets 20 mg को ३० पत्तामा ३०० पिस, रहेको छ । धनुषा प्रहरीका अनुसार बरामद गरिएका लागुऔषध र सान्तोष कुमार विश्वकर्मालाई जिल्ला धनुषा अदालतबाट म्याद थप लिई अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।
प्रतिक्रिया