२०८१ मंसिर २० गते
काठमाडौ । सेयर बजार बिहीबार पनि घटेको छ । बुधबार पनि सेयर बजार घटेको थियो तर कारोबार ९ अर्बमाथि भएको थियो । बिहिबार भने अर्ब ३६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस दिन नेप्से सूचक १५.९३ विन्दुले घटेर २७३४.९३ अंकमा आएर अडिएको छ । ८१३ मध्ये जम्मा २ वटा समूहको सूचक बढेको छ । ३ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।
यस दिन ३ सय ७ कम्पनीको १ करोड ६७ लाख ९७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४२ करोड १९ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल फाइनान्स अगाडी छ । खानीखोला जलविद्युत, सुपरमादी हाइड्रोपावर र मानुषी लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य सर्किट लेभलमा बढेको छ ।
प्रतिक्रिया