२०८० चैत २२ गते
काठमाडौँ । साताको अन्तिम कारोबार दिन शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । यस दिन नेप्से परिसूचक २.७३ अंकले घटेर २००४.०५ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.१७ प्रतिशतले घट्न पुगेको हो ।
आज नेप्सेमा १३ उपसमूहमध्य ५ उपसमूहका परिसूचक बढेका छन् भने अरु ८ उपसमूह घटेका छन् । यस दिन सर्वाधिक बढ्नेमा लघुवित्त उपसमूह रह्यो जसको परिसूचक २.३८ प्रतिशतले वृद्धि भएको छ । यसै गरी सर्वाधिक घट्ने उपसमुहमा उत्पादन तथा प्रशोधन रह्यो जसको परिसूचक १.६१ प्रतिशतले घटेको छ ।
आज सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा गुर्खाज फाइनान्स रह्यो भने सर्वाधिक शेयर कारोबार हुनेमा शिवम सिमेन्ट रह्यो ।
प्रतिक्रिया