शेयर बजारमा हरियाली, नेप्से परिसूचक २१ सय अंक माथि

२०८१ जेठ ०८ गते

शेयर बजारमा हरियाली, नेप्से परिसूचक २१ सय अंक माथि

काठमाडौँ । मंगलबार शेयर बजार दोहोरो अंकले बढेको छ । यस दिन नेप्से परिसूचक  २३.९४ अंकले बढेर २११५.९४ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः १.१४ प्रतिशतले बढ्न पुगेको हो ।

आज नेप्सेमा १३ उपसमूहमध्य ११ वटा उपसमूहको परिसूचक बढेका छन् भने अन्य दुई उपसमूहको परिसूचक घटेका छन् । मंगलबार सर्वाधिक बढ्नेमा फाइनान्स उपसमूह रह्यो जसको परिसूचक ३.५५ प्रतिशतले वृद्धि भएको छ । यसै गरी सर्वाधिक घट्ने उपसमूहमा व्यापार उपसमूह रह्यो जसको परिसूचक ०.५३ प्रतिशतले घटेको छ ।

Advertisement:

Ad
Ad
नेप्से बढेपनि आज कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन ५ अर्ब ८५ करोड ४३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा यस दिन ३१७ वटा स्टकको ७३ हजार ६ सय ६७ पटकको कारोबारमा ५ अर्ब २० करोड ६२ लाख रुपैयाँ बराबरको १ करोड ३२ लाख ४१ हजार २ सय १७ कित्ता शेयर खरिदबिक्री भएको छ । जसमा १९४ वटा कम्पनी बढेका छन् भने ४३ वटा कम्पनी घटेका छन् । यसैगरी ९ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । यस दिन सर्वाधिक बढ्नेमा सामुदायिक लघुवित्त, बुद्ध भुमि नेपाल हाइड्रोपावर कम्पनी, जानकी फाइनान्स, नेरुडे मिर्मिरे लघुवित्त र मध्य भोटेकोशी हाइड्रोपावर रह्यो जसको शेयरमा सकारात्मक सर्किट लागेको छ  । सर्वाधिक घट्नेमा शाइन रेसुङ्ग विकास बैंक रह्यो जसको शेयरमा ४.२८ प्रतिशतको गिरावट आएको छ।

मंगलबार सर्वाधिक रकमको कारोबार गर्नेमा पोखरा फाइनान्स रह्यो जसको २४ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा शिङ्गटि हाइड्रो इनर्जी लिमिटेड रह्यो जसको ६ लाख २० हजार ३ सय ३४ कित्ता शेयर किनबेच भएको छ ।