शेयर बजारमा २७.२१ अंकको गिरावट

२०८० फागुन ०६ गते

शेयर बजारमा २७.२१ अंकको गिरावट

काठमाडौँ  साताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ । यस दिन नेप्से परिसूचक २७.२१ अंकले घटेर २०३४.८२ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः १.३१ प्रतिशतले घट्न पुगेको हो ।

१३ उपसमूहमध्ये यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। यस दिन सर्वाधिक घट्ने उपसमूहको परिसूचकमा फाइनान्स उपसमूह रह्यो जसको परिसूचक २.७० प्रतिशत घटेको छ।

Advertisement:

Ad
Ad

बजारमा आज ३.७७ अर्ब बढीको शेयर किनबेच भएको छ । जसमा २१ कम्पनी बढेका छन् भने २२५ कम्पनी घटेका छन् । यसैगरी २ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । आज शेयर बजार घटेपनि समाज लघुवित्त र बोटलर्स नेपाल बालाजुको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी, यस दिन सर्वाधिक घट्ने समलिंग पावर कम्पनी रह्यो जसको शेयर ८.२१ प्रतिशतले घट्न पुगेको छ ।

आज सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा हिमालयन रिइन्सुरेन्स रह्यो भने सर्वाधिक शेयर कारोबार हुने कम्पनीमा पनि हिमालयन रिइन्सुरेन्स कम्पनीनै रह्यो ।