२०८१ वैशाख ०४ गते
काठमाडौँ । बिहिबार शेयर बजार दोहोरो अंकले घटेको छ । यस दिन नेप्से परिसूचक १४.८१ अंकले घटेर १९९१.७१ अंकमा बन्द भएको हो । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.७३ प्रतिशतले घट्न पुगेको हो ।
आज नेप्सेमा १३ उपसमूहमध्य १३ वटै उपसमूहको परिसूचक घटेका छन् । यस दिन सर्वाधिक घट्नेमा हाइड्रोपावर उपसमूह रह्यो जसको परिसूचक १.३१ प्रतिशतले घटेको छ ।
नेप्से घटेसँगै आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन २ अर्ब ७९ करोड ७५ लाख ७७ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा आज ३१२ स्टकको ३९ हजार चार सय ७६ पटकको कारोबारमा २ अर्ब १० करोड ३० लाख १९ हजार रुपैयाँ बराबरको ५४ लाख ७१ हजार ६८ कित्ता शेयर खरिदबिक्री भएको छ । जसमा ४२ वटा कम्पनी बढेका छन् भने २०० वटा कम्पनी घटेका छन् । यसैगरी २ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । सोमबार सर्वाधिक बढ्ने कम्पनीमा एसबिएल डिबेन्चर रह्यो जसको शेयर ९.९९ प्रतिशतले बढेको छ । यस दिन सर्वाधिक घट्ने कम्पनीमा रुरु जलविद्युत परियोजना कम्पनी रह्यो जसको शेयरमा नकारात्मक सर्किट लागेको छ ।
आज सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा गुर्खाज फाइनान्स रह्यो जसको १७ करोड ५९ लाख ७८ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा पनि गुर्खाज फाइनान्स नै रह्यो जसको २ लाख १२ हजार ६ सय २६ कित्ता शेयर किनबेच भएको छ ।
प्रतिक्रिया