शेयर बजार दोहोरो अंकले घट्यो, कारोबार रकम भने केहि बढ्यो

२०८० फागुन १० गते

शेयर बजार दोहोरो अंकले घट्यो, कारोबार रकम भने केहि बढ्यो

काठमाडौँ । साताको अन्तिम कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ । यस दिन नेप्से परिसूचक २०.७६ अंकले घटेर २००५.८३ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः १.०२ प्रतिशतले घट्न पुगेको हो ।

बिहिबार नेप्सेमा १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक मात्र बढेको छ भने बाँकि ११ उपसमूहको परिसूचक घटेको छ । यस दिन सर्वाधिक बढ्ने उपसमूहमा उत्पादन र प्रशोधन रह्यो जसको परिसूचक १.१४ प्रतिशतले बढेको छ । त्यसै गरि आज सर्वाधिक घट्ने उपसमुहमा  हाइड्रोपावर रह्यो जसको परिसूचक १.९० प्रतिशतले घटेको छ ।

Advertisement:

Ad

बजारमा आज कारोबर रकम केहि बढेर ३.२० अर्ब बढीको शेयर किनबेच भएको छ । जसमा ४९ कम्पनी बढेका छन् भने १९७ कम्पनी घटेका छन् । यसैगरी २ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । आज शेयर बजार घटेपनि समाज लघुवित्तको शेयरमा सर्वाधिक दश प्रतिशतको उछाल आएको छ । त्यसैगरी, यस दिन सर्वाधिक घट्ने कम्पनीमा हिमालय उर्जा विकास कम्पनी रह्यो जसको शेयर ७.६०  प्रतिशतले घटेको छ ।

आज सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा हिमालयन रिइन्सुरेन्स रह्यो भने सर्वाधिक शेयर कारोबार हुने कम्पनीमा पनि हिमालयन रिइन्सुरेन्सनै रह्यो ।