शेयर बजार दोहोरो अंकले बढ्यो, कारोबार रकम भने घट्यो

२०८० फागुन २४ गते

शेयर बजार दोहोरो अंकले बढ्यो, कारोबार रकम भने घट्यो

काठमाडौँ साताको अन्तिम कारोबार दिन शेयर बजार दोहोरो अंकले बढेको छ । यस दिन नेप्से परिसूचक १३.५१ अंकले बढेर २०३०.५५  अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.६७ प्रतिशतले बढ्न पुगेको हो ।

आज नेप्सेमा १३ उपसमूहमध्य १० उपसमूहको परिसूचक बढेको छ भने बाँकि तिन उपसमूहका परिसूचक घटेका छन् । यस दिन सर्वाधिक बढ्नेमा नन लाइफ इन्स्योरेन्स रह्यो जसको परिसूचक १.५६ प्रतिशतले बढेको छ । त्यसै गरि आज सर्वाधिक घट्नेमा म्युच्युवल फन्ड उपसमुहमा रह्यो जसको परिसूचक ०.७९ प्रतिशतले घटेको छ ।

Advertisement:

Ad
Ad

बजार बढेपनि कारोबार रकम भने घटेर आज ३.१९ अर्बबढीको शेयर किनबेच भएको छ । जसमा १७६ वटा कम्पनी बढेका छन् भने ५९ वटा  कम्पनी घटेका छन् । यसैगरी ११ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । यस दिन सर्वाधिक बढ्नेमा पिपुल्स हाइड्रोपावर कम्पनी रह्यो जसको शेयरमा सकारात्मक सर्किट लागेको छ । बिहिबार सर्वाधिक घट्ने कम्पनीमा एकआइसी एसिया ग्रोथ फन्ड २ रह्यो जसको शेयरमा ६.२१ प्रतिशतको गिरावट आएको छ ।

आज सर्वाधिक रकमको कारोबार गर्नेमा एनआरआइसीको प्रमोटर शेयर रह्यो भने सर्वाधिक शेयर कारोबार हुने कम्पनीमा पनि एनआरआइसीको प्रमोटर शेयरनै  रह्यो ।