२०८३ जेठ ०४ गते
काठमाडौँ । संघीय संसदको प्रिबजेट छलफलका क्रममा दुई सांसदको मत बाझिएकोछ। छलफलका क्रममा श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आकस्मिक समयमा बोल्दै बाँदरले किसानलाई दिएको दुःख र समाधानका लागि मार्न पाइयोस् भनी राखेको मतमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले नियमापत्ति जनाउँदै विरोध गरिन् ।
आशिकाले सबै प्राणी र जनावारको समेत बाँचन् पाउने हकको सम्मान गर्दै सांसद राईले बोल्ने क्रममा बाँदरलाई मार्न पाउनुपर्छ भन्ने अभिव्यक्ति व्यक्त गरेको भन्दै त्यो वाक्य रेकर्डबाट हटाउन माग गरेकी हुन् ।
प्रतिक्रिया