२०८२ असार १८ गते
काठमाडौँ । बंगलादेशकी अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलनाको मुद्दामा ६ महिनाको जेल सजाय हुने भएको छ । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (आईसीटी) ले हसिनालाई उक्त सजाय सुनाएको हो ।
ढाका ट्रिब्युन अनुसार, अपदस्थ अवामी लिग नेतृ समेत रहेकी हसिनालाई न्यायाधीश एमडी गोलाम मोर्तुजा मोजुम्दारको अध्यक्षतामा रहेको तीन सदस्यीय इजलासले बुधबार जेल सजाय सुनाइएको हो ।
हसिनाले ११ महिनाअघि पदत्याग गरी देश छाडेर भारतमा शरण लिइरहेकी छिन् ।
प्रतिक्रिया