२०८२ असार १४ गते
काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा प्रति चित्त नबुझे २३ असारभित्र आवेदन दिन सकिने जनाएको छ। बोर्डका अनुसार परीक्षार्थीहरूले आफूले प्राप्त गरेको नम्बरमा चित्त नबुझे विषयहरूको उत्तरपुस्तिका पुनः परीक्षण ९पुनर्योग० गराउन सक्नेछन्। यसका लागि अनलाइन प्रणालीमार्फत आवेदन दिने व्यवस्था गरिएको छ। परीक्षार्थीहरूले बोर्डको वेबसाइटमा गई आवश्यक विवरण भरी पुनर्योग फाराम बुझाउन सक्नेछन्।
पुनरावलोकनको आवेदन दिने अन्तिम समय २३ असारको साँझ ५ बजेसम्म निर्धारण गरिएको छ। नतिजासम्बन्धी सूचना बोर्डको पनिका कक्षा १० को कार्यालय तथा केन्द्रीय कार्यालयको वेबसाइटबाट प्राप्त गर्न सकिने जानकारी समेत बोर्डले दिएको छ।
साथै, नतिजा प्रकाशनको क्रममा कुनै प्राविधिक त्रुटि देखा परेमा राष्ट्रिय परीक्षा बोर्डले परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को मूल अभिलेखका आधारमा त्रुटि सच्याउने व्यवस्था पनि गरेको जनाएको छ।
प्रतिक्रिया